दमक/झापामा नेकपा भित्र नयाँ नेतृत्व चयनको बहस शुरु भएको छ । जिल्लामा पछिल्लो समयमा दूइजनाको नाम सबैभन्दा बढि चर्चामा रहेको छ । नेकपा एमाले र माओबादी केन्द्रको एकतापछि बनेको नेकपाको जिल्ला नेतृत्वको दौड तिब्र गतिमा शुरु भएसंगै चर्चा चुलिएको हो ।
एमालेका पुराना नेता एवं एकपटक साँसद र अर्को पटक संबिधानसभा सदस्य बनेका तत्कालिन अवस्थामा नेकपा एमालेका उपाध्यक्ष भएर अध्यक्ष नभइ बाहिरिएका दीपक कार्की र बर्तमान अध्यक्ष रहेका चिन्तन पाठकको नाम चर्चामा रहेको छ ।
कार्की अघिल्लो पटक पनि अध्यक्षको दाबेदार नै थिए । अन्तिम समयमा सर्वसम्मत बनाउने क्रममा उनि बाहिरिएका थिए । सबै निर्वाचन क्षेत्र एमालेले हार्दा जिल्लामा एउटा मात्र क्षेत्र जित्ने उनले पार्टी अध्यक्ष छाडेका थिए जसका कारण सर्वसम्मत पाठक अध्यक्ष बने ।
उनलाइ मन्त्री बनाइनु पर्ने बताइएपनि त्यो समय उनले त्यो अवसर समेत पाएनन् । जसले गर्दा अहिले उनले नेतृत्व दिनु पर्ने एउटा पक्षले बहस गरिरहेको छ । तर सहज भने छैन ।
यता पाठकको पक्षमा पनि कम माहोल छैन । पार्टीको सुदृढिकरणमा महत्वपुर्ण भुमिका रहेकाले र अहिले पनि अध्यक्ष रहेकाले एक कार्यकाल अब उनलाइ नै लिएर जानु पर्ने अर्को बहस रहेको छ ।










