दमक/झापाको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहका लागि नयाँ गाडि किनिएपछि फेरी असन्तुष्टि पैदा भएको छ । ५५ लाख रुपियाको स्कारपियो गाडि खरिद गरिएको बताईएको छ ।
यसभन्दा अगाडि नै नगरपालिकासंग गाडि रहेको थियो । त्यो कार्यालयका लागि आवश्यक रहेको भन्दै मेयरका लागि बेग्लै गाडि किनिएको बताईएको छ । सामाजिक सञ्जालमा यसको बिरोध हुन थालेको छ ।
कर बढाउने र जनप्रतिनिधिहरु सेवा सविधामा लिप्त हुने गरेको भन्दै कडा आलोचना भइरहेका लागि मेयर शाहका लागि नयाँ गाडि आएको हो ।
मेयर शाहले आफुलाइ हिडनका लागि गाडिको असुविधा भएको भन्दै गाडि किन्ने प्रस्ताव राखेपछि त्यहि अनुसार नयाँ गाडि खरिद भएको एक कार्यपालिका सदस्यले जानकारी दिएकाछन् ।









