नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कञ्चनपुर घटनाबारे उच्चस्तरीय न्यायिाक छानविन समिति गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई सार्वजनिक गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर दुई किशोरको मृत्यु र केही घाइते भएपछि भएपछि नेकपाका नेता एवं पूर्वमन्त्री लेखराज भट्टको नेतृत्वमा ७ नं प्रदेशका सांसद तथा नेताहरुले टोलीले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले प्रचण्डलाई कञ्चनपुरमा विकसित पछिल्लो अवस्था र त्यसबाट उत्पन्न हुने परिस्थितिका बारेमा जानकारी गराउदै गृहमन्त्रालयले घटनाका बारेमा काम गरिरहेको भए पनि त्यतिले नपुग्ने भन्दै तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरेका थिए ।

उनीहरुको बिफ्रिङ सुनेपछि प्रचण्डले त्यहीबाट फोन गरेर प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाको सत्यतथ्य अनुसन्धान गर्न तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न आग्रह गरेको नेता लेखराज भट्टले एभरेष्टदैनिकलाई जानकारी दिए ।

साथै उनीहरुले कञ्चनपुर घटनाले उग्ररुप लिन लागेको प्रति चिन्ता व्यक्त गर्दै तत्काल केन्द्रबाट प्रभावकाी पहल नभए परिस्थिति भयावह हुन सक्ने कुरा प्रचण्डलाई बातएका थिए ।