काठमाडौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गरिएको आन्दोलनमा थप जनधनको क्षति नहोस् भनेर कर्फ्यू लगाइएको जिप्रका कञ्चनपुरले जनाएको छ ।

शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो । आज बेलुकी बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताउनुभयाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ को बजार क्षेत्रमा कर्फ्यू लगाइएकाे छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको अधिकृत जोशीले बताउनुभयाे ।