दमक/दमक बहुमुखि क्याम्पसको निर्वाचन २१ गतेलाइ सरेको छ । राजनीतिक दलहरुले सहमतिका लागि समय माग गरेपछि सरेको जनाईएको छ । हिजो शुक्रबार निर्वाचन तोकेर क्याम्पस समेत बिदा भइसकेको थियो ।
नेकपा र काँग्रेस सहितका दलहरुले निर्वाचनको समय सार्न निर्वाचन समितिमा माग गरेपछि सरेको बताइन्छ । मितिको बिषयमा समेत बिबाद सिर्जना हुन खोजेपनि २१ गते हुने निश्चित बनेको निर्वाचन समितिको भनाइ छ ।
राजनीतिक दलहरुले यस निर्वाचनाइ जुँगाको लडाइको रुपमा लिएकाछन् । क्याम्पस सञ्चालक समितिको निर्वाचनका लागि पार्टीहरुबीच छलफलहरु समेत भइरहेको जनाईएको छ ।
क्याम्पस साढे ३ करोडभन्दा बढि घाटामा गएको सार्वजनिक भएको अवस्थामा समेत नेतृत्वका लागि र सदस्य बन्नका लागि कुनै क्रेज घटेको छैन । यसको पछाडि क्याम्पसभित्रको अर्को परियोजना भएको बताईन्छ । जहाँ बिद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि करोडौको काम हुन्छ ।क्याम्पस सञ्चालक समितिमा रहनका लागि बिभिन्न राजनीतिक दलमा केन्द्रिय नेतृत्वमा समालिरहेका देखि लिएर अधिकाँश पार्टीका नगर अध्यक्ष, जिल्ला सदस्यहरु समेत मरिहत्ते गरेर लागिपरेको बताइन्छ ।










