दमक/झापाको दमकमा होटल तथा लजहरुमा प्रहरीले कडाइ गर्न शुरु गरेको छ । बालिकाहरुकालाइ यौनजन्य गतिबिधिमा लगाइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले केहि दिनयता होटलहरुमा छापा मार्ने काम तिब्र बनाउदै आएको छ । यद्यपी यस बिषयमा सार्वजनिक गरिएको छैन ।

दमकको एक होटलमा १५ बर्षिया बालिका बलात्कार भएको घटना पछि प्रहरीले यहाँका होटलहरुमा निगरानी बढाएको श्रोतको भनाइ छ । अहिले बलात्कारको घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालिकाहरुलाइ कल गर्लको रुपमा प्रयोग गरिदै आएको समचारहरु प्रकाशमा आएको थियो । यस्तो केहि घटनाहरु प्रहरी कार्यालयसम्म समेत पुगेपनि लुकाउन खोजिएको बताइन्छ । उक्त घटनालाइ मोडनका लागि धेरै कसरत भइरहेको पनि सम्बद्ध श्रोतले बतायो ।

यता होटल ब्यवसायी संघले समेत प्रशासनलाइ सहयोग गर्ने बताएको छ । संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार केहि होटल तथा लजहरुका कारण आफुहरु बदनाम भएकाले प्रशासनले चालेका कदममा सहयोग गर्ने निर्णय भएको बताए ।