दमकका होटलहरुमा बालिकाहरुको प्रयोग भएको भन्ने गुनासो आएपछि दमक नगरपालिका उपप्रमुख गिता अधिकारीले यस्तो कार्य रोक्नलाइ इलाका प्रहरी कार्यालयको ध्यानकर्षण नै गराएकी थिइन् ।

दमक/झापाको दमकमा यौनकर्मीहरु र यौनकर्मी राखेर होटल तथा लज चलाउनेहरुको भागरेभाग शुरु भएको छ । उनिहरु दमकको सट्टा आसपासको क्षेत्र रोज्न थालेको बताइन्छ ।

यहाँका होटल तथा लज ब्यवसायी आफैले पनि जोखिम मोल्न नसकेर उनिहरुलाइ बाहिर जान भनेको बताइन्छ । अहिले झापा दमकका यौनकर्मीहरु प्रहरीको खासै ध्यान नजाने केर्खा, झिलझिले, गौरादह, कमल गाँपालिका लगायतका होटलहरुमा जान थालेको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका होटलहरुमा बालिकाहरुको प्रयोग भएको भन्ने गुनासो आएपछि दमक नगरपालिका उपप्रमुख गिता अधिकारीले यस्तो कार्य रोक्नलाइ इलाका प्रहरी कार्यालयको ध्यानकर्षण नै गराएकी थिइन् ।

त्यस लगत्तै दमक प्रहरीले दमकको एक होटलमा सामुहिक बलात्कारको घटना भएको भन्दै त्यसमा संलग्न युवाहरुलाइ पक्राउ गरेको थियो । त्यसपछि होटल तथा लजमा प्रहरी निगरानी बढेको छ ।