दमक/झापा दमकस्थित मेची सहकारी संस्थाले बार्षिकोत्सवको अवसरमा बिभिन्न स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । सोमबार बंशाणुगत रोग सम्बन्धि सहकारी सदस्यहरुलाइ जानकारी दिने उदेश्यले नेपालकै पहिलो बंशाणुगत रोग बिशेषज्ञ डा. नीलम ठाकुरलाइ दमकमा ल्याएको थियो ।
उनले बंशाणुगत रोगको पहिचान र उपचारको बिषयमा जानकारी दिएकी सहकारी अध्यक्ष नारायणप्रसाद भट्टराइले बताए । उनले अघिल्लो बर्ष स्वास्थ्य शिबिर गरिदै आएकोमा यो पटक रोगबाट बचाउनका लागि यो कार्यक्रम गरिएको हो ।
संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालेका अनुसार आज नै भएको रक्तदानमा १८६ जनाले रक्तदान गरेकाछन् । यसैगरी २१ जनाले नेत्रदान र १३ जनाले शरिरदानको लागि प्रतिबद्धतापत्रा भरेको बगालेले जानकारी दिए ।










