प्रधानमन्त्री केपी शर्मा ओलीले विकास गर्ने नाममा आफू सिंगापुरका प्रधानमन्त्री लि क्वान यु जति कठोर बन्न नसक्ने बताएका छन्।
NIC ASIA बिमस्टेक सम्मेलनका बारेमा जानकारी दिन मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्रप्रतिको प्रतिवद्धता दोहो¥याएका हुन्।
‘म स्पष्ट गर्न चाहन्छु, मेरो सारा जिन्दगीलोतन्त्रकै लागि समर्पण गरेको हुनाले यसप्रति अलिबढी मोह र स्नेह र आशक्ति पनि हुुन सक्छ, किनभने मेरो जिन्दगी त्यसैमा बितेको छ’, उनले भने, ‘त्यसैले विकासका लागि म लि क्वान यु जति कठोर बन्न सक्दिनँ।’ उनले आफू लोकतान्त्रिक ढंगले नै अगाडि बढ्ने बताए। ‘लोकतन्त्रभन्दा अर्को मेरो बाटो हुँदैन, मेरो पार्टीको धारणा पनि त्यही हो’, उनले भने।
लि क्वान यु सिंगापुरका पहिलो प्रधानमन्त्री हुन् जसले तीन दशकसम्म सिंगापुरमा एकछत्र शासन गरेर सिंगापुरलाई समृद्ध मुलुक बनाएका थिए।
प्रधामन्त्री ओलीले पञ्चायतमा संगै कालकोठरीमा रहेकालेमात्रै नभएर पञ्चायतको अन्त्यपछि विद्यालय भर्ना भएकालेसमेत लोकतन्त्रको सटिफिकेट मागेको भन्दै आफू त्यसमा छक्क परेको बताए।
‘तानाशाही व्यवस्थाका विरुद्धमा कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्रै होइन पञ्चायत गएपछि स्कुल भर्ना भएकाहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सटिफिकेट मागेको देख्दा म छक्क पर्छु’, कांग्रेसका युवा नेताहरुतर्फ संकेत गर्दै प्रधामन्त्री ओलीले भने, ‘मैले हाम्रो लोकतन्त्रलाई अराजकता र गन्जागोलमा होइन् थितिमा चलाउँ भन्दा अधिनायकवादीले भन्नेले लि क्वान युले सानो मुलुक कसरी समृद्ध बनाए सिक प्रधानमन्त्री सिक भन्दै भाषण गरेको सुन्छु।’ नेपाल खबर बाट










