श्रीकृष्ण रथयात्रा भदौ १८ गते दमक आँउ, पुण्य कमाउ
दमक/झापाको दमकमा आउदो भदौ १८ गते हुने दमक रथयात्रामा सबैको चासो जान थालेको छ । श्रीकृष्ण दमक रथयात्रा तीनबर्ष अघिदेखि शुरु भएको हो ।
धार्मिक महत्वका साथै यसले धार्मिक सहिष्णुता कायम राख्ने भएकाले नगरेको नै महोत्सवको रुपमा लिइनु पर्ने सरोकारवालाहरुले बताउदै आएकाछन् । दैनिकजसो यसलाइ सफल बनाउनका लागि बिभिन्न छलफलहरु समेत हुदै आएकाछन्।रथयात्रा मुल समितिका संयोजक मानबहादुर बुढाथोकीका अनुसार नगरपालिकाले समेत यसको संरक्षकत्व ग्रहण गरेकोछ । सबैको सहयोग र साथ पाएको बताउदै रथयात्रा भब्य हुने उनले जनाए ।
लायन्स, रोटरी, जेसिस लगायतका संघसंस्थाहरुदेखि लिएर किर्तन मण्डली र धार्मिक संगठनहरु समेत यसमा एक बन्दै गएकाछन् । दमकको गौरव र पहिचानको रुपमा यसलाइ स्थापित गराउनका लागि सबैको एकता आवश्यक रहेको दमक नगर प्रमुख रोमनाथ ओली बताउछन् ।










