दमक/नेपाल कम्युनिष्ट पार्टीले सबै प्रदेश सम्पर्क कमिटीको नेतृत्व सर्वसम्मत सिफारिस गरेको छ । यसैक्रममा प्रदेश नं. १ को जिम्मेवारी इन्द्र भण्डारीले पाउने निश्चित बनेको छ ।

झापा दमकका भण्डारी अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री रहदा मुख्य स्वकीय सचिबको जिम्मेवारीमा समेत रहेका थिए । उनि ओलीका पुराना सहयोगीमध्येका एक हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला कमिटी सरह मर्यादाक्रममा रहने प्रदेश सम्पर्क कमिटीमध्ये प्रदेश १, ५, कर्णाली र ७ नम्बरको नेतृत्व तत्कालिन एमालेले पाएको जनाईएको छ। प्रदेश २, ३ र गण्डकी को नेतृत्व तत्कालिन माओवादी केन्द्रले पाएको छ । प्रदेश १ को सचिवमा ध्रुव आङ्देम्बे सिफारिस भएका छन् ।