बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुगेकी छिन् । आजबाट राजधानीमा चल्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन उनी राजधानी आइपुगेकी हुन् ।
विमानस्थलमा उनलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान साथ स्वागत गरेका थिए ।
बङ्गलादेशकी प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गरेका थिए ।










