दमक/झापाको दमक १० र कमल गाँउपालिकाको समेत केहि भाग समेटेर बनाउन लागि औधोगिक पार्कको काम तत्कालै शुरु हुने भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, औधोगिक पार्क निर्माण समितिका अध्यक्ष गोबिन्द थापा सहितको टोलीलाइ ओलीले यस बिषयमा चासो राख्दै चाडो कामका लागि निर्देशन दिएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा लामो समयदेखि औधोगिक पार्क चाडो बन्ने बताइदै आएको छ । यसका लागि धमाधम रुपमा जग्गा अधिग्रहणको काम समेत भइरहेको छ ।

अब निर्माणको काम शुरु हुने चरणमा पुगेको पार्क निर्माणका लागि शुरुवातदेखि नै पहल गर्दै आएका समितिका अध्यक्ष गोबिन्द थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार असोजदेखि नै काम शुरु गर्नका लागि ओलीले निर्देशन दिएकाछन् । अब सोहि अनुसार काम अघि बढ्ने छ ।