बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा फेरी पनि हत्तीको बथान नै गाँउ पसेपछि स्थानीयहरु भयभित बनेकाछन् । दमक २ स्थित ओमनाथ अधिकारीको घर ५ वटा समुहमा आएकाहरुले भत्काएको र खेतमा हाल्न राखिएको मल समेतनष्ट गरेको जनाईएको छ ।

बिहान ४ बजेतिर आएको हात्तीको बथानले घर पुर्ण रुपमा भत्काएर नष्ट गरेको जनाईएको छ । स्थानीय राजु अधिकारीका अनुसार यस क्षेत्रमा बारम्बार हात्त आंतक रहेको छ । स्थानीयहरु भयभित र त्रसित बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
केहि समययता दमकको वडा नंं २ र ३ हात्तीबाट प्रताढित वाडको रुपमा देखिन थालेको छ । दिनहुजसो हात्तीहरु आउन थालेपछि आफुहरु नदिइ हात्ती रुघेर बस्नु पर्ने अवस्था रहेको स्थानीयहरु बताउछन् ।

वडा नं.३ का वडाध्यक्ष नबिन बरालका अनुसार हात्ती धपाउनका लागि जाग्राममा नै बस्नु पर्ने अवस्था रहेको छ । कहिले राती त कहिल्यै बिहानैदेखि हात्तीका बथानहरु आउने गरेकाछन् ।

नजिक हम्सेदुम्से बन रहेका कारण दिनको समयमा यस बन भित्र रहने हात्ती सुनसान बन्न थालेपछि निस्कने बताइन्छ । स्थानीयहरु बनमा घाँस दउरा जान समेत डराउनु पर्ने अवस्था आएको बताइदै आएको छ ।