एजेन्सी । अब भूकम्प जाने पूर्वानुमान लगाउन सकिने भएकाे छ । अमेरिकाकाे हार्वर्ड यूनिवर्सिटीका वैज्ञानिकहरू र गुगलले संसारभरकाे भूकम्पकाे डेटाबेसकाे विश्लेषण गर्नका लागि नयाँ प्रविधिकाे विकास गरेका छन् । याे प्रविधिका माध्यमबाट भूकम्पकाे पूर्वानुमान लगाउन सकिने बताइएकाे छ ।
हार्वर्ड यूनिभर्सिटीका वैज्ञानिक तथा गुगलले भूकम्पकाे डाटाबेस विश्लेषण गर्न अार्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) प्रणालीकाे उपयाेग गरेका छन् । यसबाट भूकम्पकाे झट्का कहाँ कहाँ अाउनसक्छ भन्ने पूर्वानुमान लगाउन सकिने समाचारमा जनाइएकाे छ ।
अमेरिकास्थित हार्वर्ड यूनिभर्सिटीका एक वरिष्ट शाेधकर्ता फाेएवे डीब्रीजले भनेका छन्, भूकम्प सामान्यतया क्रमानुक्रम अनुसार अाउँछ।शुरूवाती मूख्य झट्कापछि अक्सर साना साना पराकम्पहरू अाइररहन्छन् । पराकम्प सामान्य त मुख्यझट्का भन्दा कम हुन्छ । तर कतिपय अवस्थामा भने यसले बढी नै पनि असर पार्न सक्छ । वि.सं २०७२ साल बैशाख १२ गते नेपालमा अाएकाे बिनासकारी गाेरखा भूकम्पकाे पराकम्प अझै पनि अाउन राेकिएकाे छैन ।
अहिले भूकम्पपछि मात्र त्यसकाे मापन गर्दै अाइएकाे छ । भूकम्प कति बेला कहाँ जान्छ कुनै भविश्यवाणसी गर्न सकिने कुरा हाेइन िायद यसकाे पूर्वानुमान गर्न सक्ने हाे भने त्यसबाट पर्न सक्ने असर र क्षतिकम गर्न सहज हुने थियाे । याे चुनाैतीपूर्ण पनि छ ।
हालांकि बाद के झटकों के समय और आकार को स्थापित प्रयोगसिद्ध सिद्धांतों से समझकर उसका पता लगाया जाता है लेकिन इनके स्थानों की सटीक भविष्यवाणी करना अभी भी चुनौतीपूर्ण बना हुआ है।
डीव्रीजफे गुगलमा एक ब्ल्गमा लेेखेका छन्, हामीले गुगलकाे मसिन लर्निङ विशेषज्ञहरूकाे साथमा मिलेर यसमा काम गरेका छाैँ । हामीले भूकम्पकाे झट्काकाे गहिरार्इ अध्ययन तथा विश्लेषणबाट पत्ता लाग्ने छ की त्यिपछि भूकम्पकाे झट्का कहाँ अाउँछ ।
उनले भनेका छन्, संसारभर अाएकाे १ सय १८ भन्दा धेरै ठूला भूकम्पसँग सम्बन्धित एक् डेटाबेसका साथ हामीले यसकाे शुरूवात गरेका छाैँ । उक्त अध्ययन टाेलीले भूकम्पकाे मुख्य झट्का तथा त्यसपछि अाउने पराकम्पबाट प्रभावित स्थानमा स्थिर दवाब अाउनेवाला परिवर्तनकाे बीचमा रहेकाे सम्बन्ध पत्ता लगाउनका लागि एक विशेष प्रकारकाे प्रविधि प्रयाेग गरिएकाे छ । डीब्रीजले भनेका छन्, याे प्रणाली उपयाेगी प्याटर्नकाे पहिचान गर्न सक्षम छ ।










