बिष्णुप्रसाद पोखरेल दमक /४ दिनअघि घरायसी झगडाको क्रममा श्रीमानले मट्टितेल खन्याएर आगो लगाइएकी एक महिलाको शनिबार राती उद्धार गरिएको छ । तत्काल बिर्तामोडको बिएण्डसी अस्पतालमा निशुल्क उपचार भएपनि त्यहाँबाट थप उपचारका लागि बाहिर लैजान भनेपछि कतै लैजान पैसा नभएर आम्दा अस्पतालमा ल्याइएकी लालीमाया दर्जीलाइ उद्धार गरिएको हो ।
शरणार्थी महिला दर्जीले कमल ५ मा विवाह गरेको बताईएको छ । पहिलो श्रीमान छाडेर आएकी उनलाइ घरायसी झगडाका कारण मट्टितेल खन्याएर आगो लगाएको जनाईएको छ । आम्दा अस्पतालका मेसु डा. नबिन ढकालका अनुसार करिब ४० प्रतिशत शरिरको भाग डढेको छ । यहाँ उपचार सम्भव नभएकाले धरान रेफर गरिएको जनाए ।
कहि कसैले उपचार गर्न नमानेपछि यहाँ ल्याएको पाइएको उनले बताए । क्याम्प सचिब टीकाराम रसाइलीले केहि पत्रकारलाइ खबर गरेपछि पत्रकार र लायन्सकर्मीहरुको सहयोगमा उनलाइ उद्धार गरिएको छ । तत्काल धरान जाने ब्यवस्था र सकेको उपचारमा सहयोग गर्ने लायन्स क्लव अफ दमक स्टर्न लाइनका अध्यक्ष बिमल शर्माले प्रतिबद्धतता जनाए । उनले तत्कालै एम्बुलेन्सको खर्च बेहोर्ने बताएका थिए ।
यसैगरी लायन्स ३२५ एवानका जोन चियर पर्सन रुद्र गौतमले पनि आफुहरुले सहयोग गर्ने बताएर उद्धारमा सहजिकरण गरेका थिए । उनलाइ शनिबार राती घोपा लगिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाइ फोन सम्पर्क गर्दा उठेन ।लायन्सकर्मी रुद्र गौतम र बिमल शर्माले सबैलाइ सहयोगका लागि अपिल गरेकाछन् ।
क्याम्पस सचिब टीकाराम रसाइलीले बिरामी र आफन्त कुरुवालाइ खाना ख्वाएका थिए भने खानाका लागि केहि सहयोग पनि गरेका थिए । उनले यि महिलाको ज्यान बचाउन अनुरोध गरेकाछन् ।









