बिष्णुप्रसाद पोखरेल दमक/ झापाको दमक ३ दुम्सेमा गयराती फेरी हात्ती आंतक भएको छ । आधा दर्जनको संख्यामा रहेका जंगली हात्तीका कारण रातभर स्थानीयहरु सुत्न नसकेको वडाध्यक्ष नबिन बरालले बताएकाछन् ।
उनका अनुसार रातभर हात्त खेदाउदा स्थानीयहरु सुत्न पाएका छैनन् । हात्तीले आफ्नो वाडका नवीन तामाङ र प्रबिन कुरुङबाङको घर भत्काएको बरालले जानकारी दिए ।
केहि दिन यता निरन्तर रुपमा हात्तीले आंतक र उपद्रो मच्चाइरहेको वडाध्यक्ष बरालको भनाइ रहेको छ । स्थानीयहरुले रातभर गस्ति गर्दै आएकाछन् ।
अघिल्लो दिन वडा नं. २ मा यिनै हात्तीले आंतक मच्चाएको र एउटा घर भत्काएको थियो । लगातर यस क्षेत्रमा हात्ती आंतक सिर्जना हुदै आएको छ ।










