दमक/झापामा नेकपाको अध्यक्ष पुर्व एमालेले पाउने निश्चित बनेको छ । तर एमालेभित्र दुइजनाको दाबेदारीले अहिलेसम्म पार्टी अध्यक्ष केपी ओलीको जिल्लामा नै अध्यक्ष चयन हुन सकेको छैन ।

एमाले झापामा उपाध्यक्ष भएर बाहिरिएका दीपक कार्की यो पटक आफुमाथि न्याय हुनेमा आशाबादी देखिएको उनी निकस्थहरु बताउछन् । उनि उपाध्यक्ष भएर अध्यक्ष नबन्ने अभागि नेता हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापामा उनिसंगै चिन्तन पाठकले अध्यक्ष दाबी गरेपछि अघिल्लो पटक सर्वसम्मत नेतृत्व चयनका लागि कार्की ब्याक सरेका थिए । दुइपटक साँसद बनेका र एकपटक झापामा एमालेको साख बचाएका कार्की मन्त्री बन्ने लाइनमा समेत थिए ।

तर उनि मन्त्री पनि बनेन् । यो पटक उनि नेकपाको अध्यक्ष निश्चिन्त देखिन्छन् । पाठक पनि दोर्याउने पक्षमा रहेकाछन् । उनि पनि अध्यक्ष बन्नका लागि दौडधुप नै रहेको बताइन्छ ।