दमक/झापाको दमकमा श्रीकृष्ण रथयात्राको भब्य तयारी पुरा भएको छ । रथयात्रालाइ स्थानीय सरकारले समेत भब्य बनाउनका लागि सार्वजनिक बिदा दिने घोषणा गरेपछि यसको महत्व झनै बढेको छ । आज सोमबार दिउसो १ बजे रथयात्र निस्कदैछ । अहिले रथ सजाउने काम सकिएको छ ।
बिभिन्न उपसमितिहरुले समेत तिब्रताका साथ काम गरिरहेको जनाईएको छ । दमक लायन्स क्लवहरुले पानीको ब्यवस्थापन, रोटरी क्लव अफ दमकले सरसफाइ, दमक जेसिजले स्वयंसेवको जिम्मेवारी लिएकाछन् । रथयात्रामा स्थानीय सरकार दमक नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।
बिगतको जस्तो नहोस भनेर ब्यवस्थापनमा धेरै ध्यान दिईएको श्रीकृष्ण रथयात्रा मुल समितिका संयोजक मानबहादुर बुढाथोकीले बताए । उनले सहज दर्शन र प्रसादी पाउने ब्यवस्था गर्ने बताए ।
दमकको गणतन्त्र चोक नजिक राधेराधेबाट निस्किएको रथ चोकेबाट फर्निचर लाइन, आइओएमको बाटो हुँदै लाइफलाइन, रातोपुल हुदै फाल्गुनन्द चोक हुदै नगरपालिका रोड भएर पशुहाट नजिकबाट बसपार्क छिरेर फेरी गणतन्त्र चोक आउने जनाईएको छ ।











