हास्य कलाकार मनोज गजुरेल आफ्नो वेबसाईटमा लेख्छन ।
दुलाहाको नाम : उत्तम सञ्जेल दुलाहाको काम : शिक्षा सेवा (जम्मा रु. १०० /– मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका )
य
दुलहीको नाम : कला अधिकारी दुलहीको काम : बिरामीको सेवा (जम्मा रु. १००/– मा उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत ।)
विवाहस्थल : गुहेश्वरी मन्दिर परिसर जन्ती संख्या : जम्मा १० जनामात्र (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल ।) विवाहको समय : ५ मिनेट) भोज : एक किलो लड्डु (स्पोन्सर्ड बाई मह जोडी)
विवाहका बिशेषता : –परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको ।
–दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी समेत किन्न नसक्नेहरुलाई सहयोग गर्ने जानकारी ।
–दाईजोको रुपमा सिङ्गै छोरी नै पाएको हुनाले दुलाहा पक्षले ससुराली पक्षलाई आभार ब्यक्त गर्दै दाईजोको बिकृतिलाई ब्यवहारबाटै बिरोध गर्ने ।
विवाहमा भएको खर्च यस प्रकार रहेका छ ।
सिन्दुर – रु. २५ /– मात्र पोते – रु. ७५ /– मात्र माला (२)– रु. २००/– मात्र जम्मा खर्च– जाबो रु. ३००/– मात्र
साभर-gajurel.com










