दमक/अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा प्रस्ताव गरिएका गौरवका योजनाहरु चाँडै शुरु हुने बताएकाछन् । उनले यसै आर्थिक बर्षभित्र काम शुरु हुने बताएकाहुन् ।
झपााको दमकमा आन्तरिक राजश्व कार्यालयको उद्घाटन गर्दैै खतिवडाले औधोगिक पार्क, बिश्वकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, दमक भ्यू टावर लगायतका योजनाहरु तत्कालै शुरु हुने बताए ।
लामो समयदेखि काम हुने जनाएपनि नभएपछि यस बिषयमा टिकाटिप्पणि हुदै आएको थियो । खतिवडाले अब यि कामहरु तत्काल शुरु हुने र आर्थिक अभाव हुन नदिने बचनबद्धता प्रकट गरे ।










