बिष्णुप्रसाद पोखरेल/दमक
प्रश्न
झापा दमक नगरपालिकोको जनसंख्या कति हो ?
उत्तर
अन्दाजी १ देखि १ लाख २० हजार जति होला ।
यस्तै प्रश्न र जवाफ धेरै आइरहन्छन । अब भने नगरपालिकाले यस्तो जवाफ नदिने भएको छ । नगरपालिकाका नयाँ जनसंख्या सार्वजनिक हुने क्रममा रहेको छ ।
नगरको पाश्वचित्र बनाउने काम अन्तिम चरणमा पुगेको अवस्थामा मंगलवार नगरपालिकामा भएको छलफलमा नयाँ जनसंख्या सार्वजनिक भएको हो । हरेक घरधुरी पुगेर ल्याइएको विवरण अनुसार नगरपालिकाको असार मसान्तसम्मको जनसंख्या ९७ हजार ८ सय ४७ रहेको छ ।
यसमा पुरुषको संख्या ४९ हजार १ सय ३८ र महिलाको संख्या ४८ हजार ७ सय ९ रहेको छ । स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्र्तगत कमिटेड नेपालले यो सार्वजनिक गरेको हो ।
नगर पाश्वचित्रमा नगरपालिकाको समग्र अवस्थाहरुको बिषय समेटिने जनाईएको छ । नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र दमकका सामाजिक अगुवा एवं सामाजिक संघसंस्थाहरुका प्रमुख सहित छलफल भएको नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बरराज बरालले बताए ।
ब्यवसयीक अवस्था, घरबहालको अवस्था लगायतका बिषयमा पनि याकिन विवरण नआएको सहभागिहरुले बताएका थिए । उत्तरदाताहरुले दिएको विवरण गलत भएको हुनसक्ने बताउदै यस बिषयमा भने अझै सुधार गर्नु पर्ने सुझाव रहेको थियो ।
छलफलमा सहभागि रहेका नगर प्रमुख रोमनाथ ओलीले सुधार गर्नु पर्ने बिषयहरु केहि रहेको पाइएकाले सुधार गर्ने र चाडै यो सार्वजनिक हुने जानकारी दिए ।










