झापा । झापाको दमकमा १४ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । गत साउन २९ गते दमकस्थित गेस्ट हाउसमा लगेर तीन जना युवाले किशोरी बलात्कार गरेका हुन् । प्रतिकारबीच उनीहरुले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालयका डीएसपी श्यामलकुमार सुब्बाले बताउनु भयो । पीडकको धम्कीका कारण घटना ढिलो सार्वजनिक भएको हो ।

बलात्कारका क्रममा चिच्याएको गेष्ट हाउस आसपासका बासिन्दाले समेत सुनेका थिए । डरधम्की देखाएपछि उनले घटना सार्वजनिक गरेकी थिइनन् । गेष्ट हाउस नजिकैकाले सोधीखोजी गर्दा घटना बाहिर आएको डीएसपी सुब्बाले बताउनु भयो । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–१का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका–५ का किरण श्रेष्ठलाई पक्राउ गरेको छ । बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको छ । उनीहरु पक्राउ परे लगत्तै मिल्न पीडित पक्षलाई दबाब आउन थालेको छ ।