विष्णुप्रसाद पोखरेल दमक/काठमण्डौ बाहिर पहिलो पटक झापामा दुइवटा आन्तरिक राजश्व कार्यालय स्थापना भएको छ । अर्थमन्त्री डा. खतिवडाले झापाको दमकस्थित आन्तरिक राजश्व कार्यालयको सोमबार साँझ एक कार्यक्रमबीच उद्घाटन गरेपछि जिल्लामा दुइवटा कार्यालय भएको हो ।

यसभन्दा अगाडि करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय गत साउन १ गतेदेखि नै स्तरउन्नती भएको हो । झापाको कन्काई पश्चिमी क्षेत्रका शिवसताक्षी, गौरादह, दमक नगरपालिका तथा कमल र गौरीगञ्ज गाँउपालिकाका करदाताहरुलाई यस कार्यालयले सेवा पुर्याउने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थमन्त्री खतिवडाले भन्सार र करक्षको क्षेत्रमा देखीएको समस्या चाडै सामधान हुने बताउनु भयो । ब्यापारीहरुले अण्डर बिलिङ बिषय उठाएको बताउदै यो मात्र नभएर सबै समस्याको सामधानका लागि बजेटको समेत ब्यवस्था गरिएको बताउनु भयो । खरिद तथा बिक्रिको सबै तथ्याक अनलाईन मार्फत बनाउने तयारी भएकोले अण्डर बिलिङ्ग सहित अन्य समस्याको समाधान चाँडै हुनेछ, मन्त्री खतिवडाले भन्नुभयो ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आउनु भएका डा. खतिवडाले यहाँ प्रस्ताव गरिएका गौरवको आयोजनाहरुमा बजेट अभाव हुन नदिने र चाँडै काम शुरु हुने समेत जानकारी दिनु भएको थियो । उहाँले औधोगिक पार्क, बिश्वकै सबै भन्दा अग्लो बुद्धको मुर्ती, दमक भ्यू टावर लगायतका योजनाहरुको काम यहि आर्थिक वर्षबाट शुरु हुने उहाँको प्रतिबद्धता रहेको थियो ।

आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख तिलक थापाले अब आन्तरकि राजश्ज कार्यालयबाट हुने सबै काम यहिबाट हुने बताउनु भयो । यसभन्दा अगाडि अधिकाँश काम लिएर यहाँका ब्यवसायीहरु भद्रपुर जानु पर्ने बाध्यता रहेको थियो । यहाँका ब्यवसायीहरुको पहल र आवश्यकताले अब यस क्षेत्रका सबै करदाताहरुलाइ सेवा लिन सहज हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ, थापाले भन्नुभयो ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले अहिले पनि ब्यवसायी तथा करदाताहरुले करको बिषयमा बुझ्न नसकेको र बुझाउन नसकिएको जनाउदै यसतर्फ ध्यान जानु पर्ने बताउनु भयो । उहाँले यस क्षेत्रका ब्यवसायी र करदाताका लागि कार्यालय स्थपना गौरवको बिषय भएको उल्लेख गर्नु भयो । हामी कर तिर्न तयार छौ र तिर्छौ तर करको बिषयमा राम्ररी बुझाउनु पर्यो, ढकालले भन्नुभयो ।

ढकालले अण्डर बिलिङका कारण व्यवासायीहरु मारमा परेको र यो समस्या हल गर्नका लागि मन्त्री खतिवडासंग माग गर्नु भएको थियो । अण्डर बिलिङकै कारण मुख्य गरि खुद्रा ब्यवसायीमा मार परेको र यसको असर अन्तिम उपभोक्ताकहाँ सम्म पुग्ने गरेको पाएकाछौ, ढकालले भन्नुभयो ।