बिपिपि दमक/इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले दमकका होटल तथा लजहरुमा हुने यौनजन्य गतिबिधि रोक्न र ‘कन्ट्याक्ट’मा युवतीहरुलाइ प्रयोग गर्ने कार्य बिरुद्ध कडा रुपमा उत्रेकाछन् ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले दमकमा यौनजन्य कृयाकलपामा किशोरीहरुको प्रयोग भइरहेको भन्दै यो रोक्नका लागि आग्रह गरेकी थिइन् । एक महिनायता होटलमा किशोरीहरुको प्रयोगले केहि घटनाहरु सार्वजनिक भएका थिए ।
एक युवती कुमारी आमा भएको, एक बालिका सामुहिक बलात्कृत बनेको, एक युवतीलाइ गलत कामका लागि ल्याउदै गरेको अवस्थामा उद्धार गरिएको र दमककै सौगात होटलबाट केहि किशोरीहरुलाइ प्रहरीले उद्धार गरेका घटनाले अहिले चर्चा पाएको छ ।
दमकका एक दर्जनभन्दा होटल तथा लजहरु किशोरीहरु राखिने अड्डाको रुपमा समेत परिचित रहेका थिए । त्यहाँ समेत अहिले भागेरभागको अवस्था रहेको होटल ब्यवसायीहरुमाझ चर्चा छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपि सुब्बाले अबैधरुपमा हुने यौनधन्दा रोक्ने जनाए । उनले त्यस्ता होटलहरु बन्द गराइदिने समेत बताए । उनले कसैलाइ पनि नछोडिने बताए ।
दमक यौनधन्दाका लागि हव बन्दै गएको बिभिन्न सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आउने गरेको छ । पछिल्ला केहि घटनाहरुले यसलाइ पुष्टि गराउन थप मदत पुगेको समेत देखिन्छ ।
यसका साथै केहि समयअघि दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमकमा बिद्यालय तथा कलेजका बिद्यार्थीहरु कलगर्लको रुपमा काम गर्न बाध्य भएको पाएको भन्दै यसले आफुलाइ गम्भिर बनाएको बताएकी थिइन् ।










