सडक विस्तार रोक्न दलहरुले गरेको आग्रह क्षेत्रीय प्रशासकद्धारा अस्वीकार गरेको छ । हेटौंडा बजारका अतिक्रमण गरी बनाइएका घर टहरा अन्ततः भत्काउन सुरु गरिएको छ । विरोध प्रदर्शन भएता
पनि सुरक्षाकर्मीसहित डिभिजन सडक कार्यालयले मंगलबार बिहान ८ बजेदेखि आफ्नो कामको थालनी गरेको हो । निजी घरमा पनि डोजर चलेपछि प्रदर्शनकारीहरु नारा लगाएर हेरेर बस्न बाध्य भएका छन् । सोमबार ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएता पनि त्यति मात्रमा सडकमा मंगलबार बिहान देखिएनन् । मंगलबार बिहान निजी घरहरु भत्कन सुरु भएको केही समयपछि आइपुगेको प्रदर्शनकारीको हुल भन्दा सुरक्षाकर्मीको जमात बढी देखिएको थियो । बिहान ११ बजेको समयमा करिब १ घण्टा घर भत्काउन रोकिए पनि पुनः निजी घरहरु भत्काइएको छ ।
विभिन्न समयमा विभिन्न राजनैतिक दल र जनताबाट आवाज उठे पनि क्षेत्रिय प्रशासन कार्यालयले भने २५ मिटर अन्तर्गत पर्ने घरहरु जसरी भए पनि भत्कने जानकरी दिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समितिले सोमबार र मंगलबार हेटौँडा बन्द गरेर विरोध सभासहित नाराबाजी गरे पनि यसले २५ मिटर अन्तर्गत पर्ने घरहरु भत्कनबाट जोगाउन सकेन ।
भत्काउन सुरु भो हेटौडा,लागेन प्रशासन कार्यालयको अगाडी कसैको केही
सवाल नेपालसंवाददाताबुधबार, ३ माघ २०७३

भत्काउन सुरु भो हेटौडा,लागेन प्रशासन कार्यालयको अगाडी कसैको केही
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



