दमक/झापाको लखनपुरस्थित रबि पेट्रोलपम्प नजिक पाडाजुंगीमा बिहिबार साँझ गम्भिर दुर्घटना भएको छ । दुर्घटनामा परेर दमकमा किचन आइटमका ब्यवसायी मोहन पौडेल गम्भिर घाइते भएकाछन् ।

उनको दमकस्थित लाइफलाइनमा उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसि अस्पतालमा लगिएको छ । घाइते पौडेल दमक उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य ज्ञानु पौड्यालका दाजुहुन् । भारतीय लरिले हानेर भागेपछि प्रहरीले दमक पशुहाट नजिक सबै लहरी तथा ट्रक रोकेर जाँच गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
साँझ परेपछि लरि आंतक नै हुने गरेको बताइएको छ । पीकआवरमा आउने लहरीका कारण दुर्घटनाको जोखिम धेरै भएपनि यसमा ट्राफिक लगायत सरकारवालाहरुको ध्यान जान सकेको छैन ।

लापरवाहीले नै यो दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ । प्रत्यक्षदर्शीहरुका अनुसार मोटरसाइकललाइ हानेर थाहा नपाएजसरी लहरी अघि बढेको बताइन्छ ।