झापा आन्दोलनका अग्रपंक्तिका आन्दोलनकारीहरु अहिले राजनीतिको शिखरमा छन् । तर त्यही झापा विद्रोहमा उनीहरुलाई साथ दिनेहरु भने आफै कथा बनेका छन् ।
सानु दुर्गा अधिकारी १७ वर्ष जेल बसे । अहिले झापा धुलाबारीमा सुकुम्बासी बस्तीमा बस्छन् । आफ्नो नाममा जग्गा जमिन छैन । उमेर बल र जोश छँदा पञ्चायती व्यवस्थासँग जुधे । अहिले पेट पाल्न संघर्ष गर्दैछन् । पार्टी भनेर मरिहत्ते गर्दै घरबार छोडेर पार्टीमा लागे । अहिले त्यही पार्टी र राजनीतिबाटै विरक्तिएका छन् ।
भारतका कम्युनिष्ट नेताहरु कानु सन्याल र चारु मजुमदारको सशस्त्र विद्रोहबाट प्रभावित भएर नेपालका कम्युनिष्टहरुले २०२८ सालमा ‘वर्गसत्रु’ ‘सिद्ध्याउने’ अभियान चलाए । त्यसैलाई ‘झापा विद्रोह’ का नामले चिनिन्छ । विद्रोहका क्रममा तात्कालीन सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवालगायत केही नेताहरूको हत्या गर्यो ।
झापा विद्रोहकै आडमा अहिले थुप्रै नेताहरु राजनीतिको शिखरमा रहँदा ‘ग्राउण्ड लेभल’ बाटै संघर्ष गर्ने सानु दुर्गा अधिकारीहरुजस्ता योद्धालाई भने कसैले सम्झने प्रयास समेत गरेका छैनन् ।
https://youtu.be/FpZ7RDjCLUE?t=50









