काठमाडौं : सिनामंगल गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आइतबार बिहान भएको आगलागीबाट बुद्धिबहादुर दमाइको घरसहित तीनवटा घर जलेका हुन्। दमाइले दमकल ढिला आउँदा क्षति रोक्न नसकिएको अन्नपूर्णसँग बताए।
जलेका मध्ये एक घरमा भीक्षा मागेर खानेहरू बस्ने गरेको र उनीहरूले बालेको धुपबाट आगो सल्किएको प्रहरीले जनाएको छ। स्थानीयवासीले पनि उनीहरू निस्कनुअघि सधैँ धुप बालेर जाने गरेको र यसैका कारण आगलागी भएको बताए। 'निस्कनुअघि उनीहरूले धुप बालेर गए र त्यसैबाट आगो फेलियो', स्थानीय प्रेम श्रेष्ठले भने। अन्नपूर्ण बाट










