बिष्णुप्रसाद पोखरेल केचनाकवल /अन्य राजनीतिक दल बिशेष गरी नेकपा र नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाइ बेवास्था गरेर जाँदा केचनाकवल गाँउपालिकाका अध्यक्ष अञ्जार आलम अप्ठेरोमा परेकाछन् । बिपक्षि राजनीतिक दलहरुको बिरोधको मात्र होइन उनले आफ्नै वडाध्यक्ष र वडासदस्यहरुको समेत मन जितेर अघि बढ्न नसक्दा दूइदिन देखि यहाँ तनाव सिर्जना भएको छ ।

४ जना वडाध्यक्ष सहित १४ जना गाँउसभाका सदस्यहरु गाँउसभाको बिपक्षिमा उत्रदा समेत उनले पेलेर लैजान खोजेपछि उनले झण्डै कुटाइ समेत खाएको प्रत्यक्षदर्शीहरुको भनाइ रहेको छ । शनिबार उनलाइ ताकेर एक वडासदस्यले हानेको माइक खोसिएका कारण मात्र ठुलो दुर्घटना हुन नपाएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाँउसभा तनावले स्थगन भएपनि अध्यक्ष आलम अझै पनि गाँउसभा स्थगन भएको स्वीकार गर्न चाहेको अवस्थामा देखिएनन् । यहि कारण आइतवार बिहान केचनकवल गाँउपालिका अगाडि एक घण्टाभन्दा बढि नाराबाजि लागि रहयो ।

कसरी शुरु भयो बिरोध

गाँउ सभाका सदस्य तथा वडाध्यक्षहरुलाइ गाँउसभामा प्रस्तुत हुनुपर्ने कार्यसुचि एकसाता अघि नै उपलब्ध गराउनु पर्नेमा त्यो नगराएको वडा नं. ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताए । उनले अध्यक्षको मनोमानी हदैसम्म बढेकाले आफुहरु आन्दोलनमा उत्रनु परेको बताए । उनले भने, न हामीसंग कार्यसूचि रहेको छ न त के प्रस्तुत हुदैछ त्यो हामीलाइ थाहाछ ।

उनले यस्तो अवस्थामा गाँउसभाको सार्थकता नरहने भएकाले बिरोध गरिएको बताए । उनले उद्घाटन नै हुन नसकेको गाँउसभा शुरु भयो भनेर गुमराहमा पार्न खोजिएको भन्दै यो हर्कत कसैले स्वीकार गर्न नसक्ने दाबी गरे । उनले यो अध्यक्ष आलमको पेलाह प्रवृती भएको समेता उनको भनाइ रहेको थियो ।

केन्द्र सार्ने निर्णय एकलौटी र भ्रष्टाचार भएको भन्दै बिरोध

गाँउसभा रोक्नुको अर्को कारण केन्द्र सार्नका लागि जग्गा छनौटको बिषय पनि भएको जनाईएको छ । नेकपा र काँग्रेसको तर्फबाट बनाईएको सघर्ष समितिका संयोजक भुमि राजबंशीका अनुसार अध्यक्ष आलमले आफ्नै नातेदारको जग्गा गाँउपालिकालाइ भनेर एकलौटी निर्णय गरेर लिएकाछन् । यस बिषयमा आफ्ना पार्टीबाट जितेर गएका पालिका सदस्यहरु कसैलाइ पनि थाहा नभएको उनले जिकिर गरे । राजबंशीले सडक ग्राभेलको नाममा समेत भ्रष्टचार भएको दाबी गरे । गाँउपालिकामा कर्मचारी राख्दा पनि राजनीतिक आस्थाका आधारमा मापदण्ड बिपरीत गरेकाले आफुहरुले यसलाइ सच्याउन आन्दोलन गरेको जनाए । यसरी नै अध्यक्ष बढेको अवस्थामा आफुहरु बाध्य भएर गाँउपालिकामा ताला लगाएर अनसन बस्नु पर्ने अवस्था आउने चेतावनी समेत दिए ।

अध्यक्ष हार्न चाहेनन्

आइतवार गाँउपालिका अगाडि बिरोध भइरहदा अध्यक्ष आलम राजकीय शैलीमा बरण्डामा उभिएर अघिल्लो दिन गाँउसभा शुरु भएको र आज पनि बिहान बसेको बताएर आन्दोलनकारीलाइ उत्तेजित बनाए । तर आन्दोलनकारीले त्यसको प्रतिबाद गरे । तर उनले बारम्बार दोर्याइ रहे, हिजो गाँउसभा शुरु भएको र आज पनि केहि बेर बसेको हो, स्थगन गरेर बार्तामा बस्न तयार छु । आलमको दाबी, नियमसंग गरेको छु

अध्यक्ष आलमले आफुले सबै काम नियमसंगत गरेको दाबी गरे । उनले आफुले बोर्ड बैठक र पहिलो गाँउसभाको निर्णय बमोजिम गरेको जनाए । वडाध्यक्षहरुलाइ पार्टीले दबाब दिएकाले बिरोध गरेको हुनसक्ने तर्क गरे । उनले आफुले गरेका निर्णयहरु सहि भएको जनाए । उनले तै पनि छलफल भने बस्ने जनाए ।

३ बजेको बैठक ताइनतुइ

यसैबीच संघर्ष समिति र गाँउपालिकाको बैठक बिनानिष्कर्ष टुंगिएको छ । अध्यक्ष आलमले बिधिसम्मत चल्न बताउदै गाँउसभामा नै छलफलमा कुरा उठाउन भनेका थिए । छलफलमा सहभागि एक सदस्यका अनुसार आन्दोलनलाइ कमजोर बनाउन अध्यक्षले बार्ता गर्ने भनेर झुक्याएको जस्तोमात्र देखिएको छ । बिहान ८ बजे फेरी निकासका लागि गाँउपालिका सदस्यहरुबीच छलफल हुने जनाईएको छ ।