बिष्णुप्रसाद पोखरेल कचनकवल । झापाको कचनकवल गाँउपालिकाको दोस्रो गाँउसभा र गाँउपालिकाको केन्द्र सार्ने बिषयलाइ लिएर दूइदिनदेखि जनप्रतिनिधिहरुबीच नै तनावको अवस्था सिर्जना भएको पाईएको छ । शनिबार केचनाको सामुदायिक भवनमा बोलाईएको गाँउसभा ४ जना वडाध्यक्ष सहितका १४ जना जनप्रतिनिधिहरुले बहिष्कार गर्दै रोक्न माग गरेपछि सभास्थलमा नै माइक हानाहानको अवस्था आएको थियो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्त बानिया आन्दोलनकारीको घेराउमा परेर जान नसक्नु भएको सभास्थलमा हातहालाहाल र माइक हानाहान हुँदा कचनकवल वडा नं. ७ की महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते हुनु भएको थियो । उहाँको अहिले बिर्तामोडमा उपचार भइरहेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाँउपालिका अध्यक्ष अञ्जार आलमले गाँउसभा शुरु भएको बताएपछि शुरु भएको तनाव नियण्त्रण बाहिर जाने अवस्था आएपछि स्थगन भएको जनाईन्छ । आइतवार बिहान पुन ८ बजेलाइ आलमले गाँउसभा बोलाएपछि तोकिएको गाँउसभा स्थलमा वडाध्यक्षहरु तथा वडासदस्यहरु सहित नेकपा र नेपाली काँग्रेसका स्थानीय नेता एव कार्यकर्ताहरु तालाबन्दि गर्दै नाराबाजी गरेका थिए ।

अध्यक्ष आलमले गाँउपालिकामा नै सभा शुचारु गर्न खोजेपछि फेरी त्यो समुहले गएर गाँउपालिका अगाडि प्रदर्शन गरेको थियो । शसस्त्र र जनपथ प्रहरीको घेराभित्र सभा शुरु हुन लागेपछि आक्रोशित समुह गाँउपालिकामा ताला लगाउन अघि बढेपछि अध्यक्ष आलमले आफु बार्ताका लागि तयार रहेको जनाएपछि आजका लागि आन्दोलन स्थगन भएको वडा नं. ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताउनु भयो ।

अध्यक्ष आलमले आफुखुसि रुपमा केन्द्र सार्न खोजेको र आफुहरुलाइ कार्यसूचि समेत प्रदान नगरी जबरजस्ति रुपमा गाँउसभा गर्न खोजेकाले त्यसको बिरोधमा आन्दोलन गर्नु परेको वडाध्यक्ष कार्कीले बताउनु भयो ।नीति नियम र गाँउसभा सञ्चालन कार्यबिधि बिपरीत हामीलाइ जबरजस्ति रुपमा पेलेर लैजान खोजिएकाले यसको बिरोध गरेका हौ, कार्कीले भन्नुभयो ।

नेकपा र नेपाली काँग्रेसले संयुक्त रुपमा बनाएको संघर्ष समितिका संयोजक भुमि राजबंशीले गाँउपालिका अध्यक्षले गाँउपालिकाको केन्द्र आफुखुसि जार्न खोजेको, आफ्ना कार्यकर्ताहरुलाइ गाँउपालिकामा भर्ति गरेको, आफ्ना कार्यकर्ताहरु तथा जित हासिल गरेका वडाहरुमामात्र बजेट बिनियोजन गरेको, आफुहरुको दलबाट जितेर गएका जनप्रतिनिधिहरुलाइ बेवास्था गरेका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो ।

कचनकवल गाँउपालिका अध्यक्ष अञ्जार आलमले आफुले कार्यापालिका बैठक तथा अघिल्लो गाँउसभाले गरेका निर्णयहरुको आधारमा नै अघि बढेको जनाउदै गाँउसभा नरोकिने बताउनु भयो ।शनिबार गाँउसभा नभएको बिपक्षिहरु बताएपछि पनि उहाँले शनिबार गाँउसभा उद्घाटन भएको दाबी गनुृ भयो । तनावको अवस्था आएप्छि गाँउसभा स्थगन गरिएको हो तर नभएको भन्न मिल्दैन, उहाँले भन्नुभयो ।