काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । मिश्रको नाम सोमबार बिहान संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको हो ।
मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसलगत्तै समितिले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । संसदीय समितिले नाम अनुमोदन गरेपछि अब मिश्रको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।
संसदीय समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।










