बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकका एक ब्यवसायीको बिभत्स हत्या भएको छ । झापा कमल गाँउपालिका वडा नं. ६ घर भइ दमक ६ मा ब्यवसाय गर्दै आएका खेमराज पौडेलको गौरीगन्जमा हत्या भएको हो ।
नेपाल भारत सिमा क्षेत्रमा उनको हत्या भएको हो । भारत नजिक रहेको गौरीगन्जको सिमा क्षेत्र देबीगन्ज भन्ने ठाँउ एकान्तमा लगेर उनको हत्या भएको बताइन्छ । उनि दमकमा कपडाको ब्यवासाय गर्दै आएका जनाईएको छ ।
उनि हिजो देखि हराइरहेका थिए । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलका अनुसार धारिलो हतियार प्रयोग गरि हत्या भएको देखिएको छ ।
ब्यवासायी पौड्यालको बिभत्स अवस्थाम शव भेटिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए । उनले कायरता पुर्ण यो हत्यालाइ आफुहरुले गम्भिर रुपमा लिएको जनाएको छ ।










