बढुवा सिफारिस समितिले नेपाल प्रहरीका तीनजना डीआईजीहरूलाई एआइजी बढुवाका लागि सिफारिस गरेको छ ।
सिफारिसको पहिलो नम्बरमा डिआइजी पुस्कर कार्की छन् । दोस्रो नम्बरमा ठूले राई र तेस्रो नम्बर धिरु बस्नेत रहेका छन् ।
कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल आइजीपीमा बढुवा भएका थिए ।
एआईजीमा बढुवा सिफारिस समितिले जारी गरेको विज्ञप्तिमा कार्की सबैभन्दा धेरै अंकसहित अगाडि रहेका हुन् ।
बढुवा समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले एआइजी नियुक्ति गर्नेछ । लामो समयदेखि प्रहरीभित्र एआइजीको पद खाली थियो ।











