सवालनेपाल डेक्स
दमक/मंगलवार बिहानैदेखि झापा दमकका ब्यवसायीका नेताहरु स्तब्ध बने । उनिहरुलाइ खबर आयो दमकका एक ब्यवसायीको गौरीगन्जमा हत्या गरेर फ्याकिएको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाइ, दितिय उपाध्यक्ष युवराज घिमिरे सहित गौरीगन्ज गए ।
रहस्य तथा शंका नम्बर १ हत्या र घटनाक्रम बिचित्रको छ । हत्यामा अभियुक्त १ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्याक्ति सामान्य जिउडालका रहेकाछन् । एक्लै ब्याक्तिले हत्या गरिएको भनिएको छ अहिलेसम्म । तर यो शवको प्रकतीदेखेकाहरु हतपत पत्याउने अवस्थामा छैनन् ।
https://www.facebook.com/sawalnepaldigital/videos/551551398628637/रहस्य तथा शंका नम्बर २ सामान्य लेनदेनको बिषय भनिएको छ । गौरीगन्जबजारबाट अभियुक्त मानिएका हुसेन पौड्यालका पछाडि चढेर गएका थिए । घर पैसा लिन गएको भनिएका ब्याक्ति करिब ५ किलोमिटर टाढा एकान्तमा कसरी पुर्याइए ? उनि सरासर आफै बाइक हाँकेर त्यहाँ पुगे होला त ? यस प्रश्न पनि तर्सिएको छ ।
रहस्य तथा शंका नम्बर ३ हत्याका अभियुक्त हुसेनले आफुले मादकपदार्थ तथा लठ्ठिन औषधि खाएको बयान दिएको भनिन्छ । यसरी लठ्एिको र बहोसी अवस्थामा हत्या गरेको भनि स्वीकार गरेको भनिन्छ । अनि यस्तो ब्याक्तिले हट्टाकट्टा ब्याक्तिले सहजै प्रतिकार गर्न सक्नु पर्ने तथा कडा नै घम्साघम्सि पर्नु पर्ने होइन र ? अभियुक्तलाइ पनि चोट लाग्नु पर्ने होइन र ? यो पनि गम्भिर बिषय भनेर बाहिर चर्चा छ ।
रहस्य तथा शंका नम्बर ४ हुसेन लागु औषध प्रयोगकर्ता र पहिला जेल पनि बसेका ब्याक्ति हुन् । उनले हतियार पहिलेदेखि नै त्यहाँ राखेको भनिएको छ । के हत्या गर्ने योजना नै थिएन त ? वा योजनाका साथ भएको थियो ? यो योजना कसरी बनेको हो ? यि बिषयहरु अझै पनि खुल्न सकेका छैनन् ।
रहस्य तथा शंका नम्बर ५ एक्लैले शरिरका बिभिन्न भागहरुमा छुरा प्रहार गर्ने, नियण्त्रणमा लिने, र पैनीमा हाल्नेसम्मका कार्य गरेको भनिएको छ । मोटरसाइकल, हेल्मेट, मोवाइल को अवस्थाले त्यहाँ संघर्षपुर्ण अवस्था सिर्जना भएको अनुमान लगाउन सकिन्छ । के यो एक्लै हुसेनबाटमात्र सम्भव थियो ?
यि त शंकामात्र हुन् । निर्दोष ब्याक्ति पर्नु हुदैन तर दोषी उम्कनु हुन्न । अब अनुसन्धानमा संलग्न प्रहरीलाइ यि प्रश्नको चित्तबुझ्दो जवाफ सहितको अनुसन्धान चुनौती रहेको छ । मुख्य अभियुक्त भनिएका ब्याक्ति पक्राउ तथा पहिचान गर्न प्रहरी सफल भएको छ । यो एउटा राम्रो पक्ष हो । अब अनुसन्धान प्रभावकारी गरेर घटनाको रहस्य बाहिर ल्याउन जरुरी छ । बिपिपि
https://www.youtube.com/watch?v=Hy7DQmAX_hI









