दमक/प्रत्येक हप्ताको शुक्रबारका दिन दमकका बजार तथा पसलहरु बन्द हुँदै आएकोमा अब नहुने भएको छ । यहि शुक्रबारबाट बजार तथा पसलहरु खुल्ने भएकाछन् ।

चाडपर्व नजिक आएपछि दमक उद्योग बाणिज्य संघले यस्तो निर्णय गरेको दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राजु खड्काले जनाए । उनको अनुसार आउदो २९ गतेदेखि नै लागु हुने गरी बजार खोल्ने निर्णय भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छठ पर्वसम्म शुक्रबार अब दमक बन्द हुनेछैन । यसभन्दा अगाडि शुक्रबार पसल खोलेको अवस्थामा बाणिज्य संघले जरिवाना गर्ने गरेको थियो ।