दमक/दमकका कपडा ब्यवसायी खेमराज पौड्याल बिरुद्ध दमकका ब्यवसायी केहिबेरपछि सडकमा उत्रने भएकाछन् । हत्यरालाइ कडा कार्वाही र अन्य अभियुक्तहरुको खोजीका लागि दबाब दिन दमक उद्योग बाणिज्य संघले मौन र्याली निकाल्न लागेको जनाईएको छ ।
दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राजु खड्काका अनुसार ब्यवसायीहरुले शान्तिपुर्ण रुपमा ब्यवसायी पौड्यालको हत्या बिरुद्ध प्रर्दशन गर्न लागिएको हो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले दूइदिन अघि बिज्ञप्ति निकालेर घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका थिए । उनले ब्यवसायीक सुरक्षाको माग समेत गरेका थिए ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले ब्यवसायीक सुरक्षाको माग सहित शान्तिपुर्ण रुपमा मौन प्रर्दशन गर्न लागिएको जानकारी दिए ।
यस्तो छ बाणिज्य संघको सूचना
दमक उद्योग वाणिज्य संघको जरुरी सुचना
मिति २०७५ साल भाद्र २५ गतेका दिन दमक नगरपालिका वडा नं. ६ स्थित राजदिप इन्टरप्राइजेज फर्म संचालन गर्दै आउनु भएका कमल गाउँपालिका वडा नं. ६ निवासी व्यवसायी खेमराज पौडेललाई पसलको कारोवार मिलाउने सिलसिलामा गौरीगञ्ज बोलाई त्यहींबाट अपहरण गरी अत्यन्तै क्रुर ढंगबाट हत्या भएको सन्दर्भमा उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गौरीगञ्ज गाउँपालिका वडा नं. ६ निवासी सद्दाम हुसेन उपर कडा कारवाहीको माग गर्दै संलग्न अन्य व्यक्तिहरुको समेत तत्काल खोजी गरी सार्वजनिक गरियोस् र आगामी दिन समेत यस्ता किसिमका घटना हुन नदिन सचेत बन्न आग्रह गर्दै यस संघको आयोजनामा आज मिति २०७५ साल भाद्र २८ गते विहिबारका दिन दिनको ठिक १२ः३० बजेदेखि दमक नगरपालिका वडा नं. ६ थाना पुर्वपट्टि सप्तरंगी कोलोनीबाट मौन जुलुस गर्ने निर्णय भए अनुसार उक्त जुलुसमा सहभागी भईदिनु हुन सम्पूर्ण उद्यमी व्यवसायी एवं आम नागरिक समाजमा हार्दिक निमन्त्रणा गर्दछौं ।
दमक उद्योग वाणिज्य संघ परिवार










