दमक/दमक किचन गुड्सका प्रोपाइटर एवं दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य ज्ञानु पौड्यालका दाजु मोहन पौड्यालको मृत्यु भएको छ । झापाको कमल गाँउपालिकास्थित पाडाजुंगी नजिक गत बिहिबार भारतीय लरिले उनि सवार मोटरसाइकलमा ठक्कर दिएको थियो ।

बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा उनको निधन भएको हो । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइका अनुसार उनको शव पोष्टमाटमका लागि केहिबेरमा दमक ल्याइदैछ । भोली बिहान साढे ७ बजे कन्काइ नदीमा दाह संस्कार गरिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक किचन गुड्सबाट घरतर्फ कमल गाँउपालिका वडा नंं ६ मंगलवारे जाँदै गर्दा अधिक गतिमा आएको लरिले उनलाइ ठक्कर दिएको थियो । उनको एकसाता अघिदेखि बिएण्डसिको सघन उपचार कक्षमा उपचार भएको थियो ।