दमक/दमक उद्योग बाणिज्य संघले ब्यवासयी खेमराज पौड्यालको हत्या बिरुद्ध बिहिबार दमकमा मौन र्याली निकालेको छ । हत्यारालाइ कडा कार्वाही, सुरक्षाको ग्यारेन्टी लगायतका माग रोखेर बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु सहित ब्यापारीहरु सडकमा निस्केकाहुन् ।

मौन र्यालीले दमक बजार परिक्रमा गरेको थियो । अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाइ लगायतको अगुवाइ रहेको थियो । बिभिन्न प्लेकार्ड सहित मौन र्याली भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/HSOGAloT-WE

र्यालीपछि इलाका प्रहरी कार्यालय दमकमा बाणिज्य संघले ज्ञापनपत्र समेत बुझाएको थियो । हत्याको बिषयमा सत्यतथ्य बाहिर सार्वजनिक गर्न माग राखिएको बाणिज्य संघका अध्यक्ष ढकालले बताए ।

https://www.facebook.com/sawalnepaldigital/videos/253764508614481/

यसैगरी अर्का ब्यवसायी मोहन पौड्यालको भारतीय लरिले हानेर मृत्यु भएको र उनलाइ ठक्कर दिनेलाइ क्षतिपुर्ति दिलाउन पहल नगरेको आरोप समेत प्रहरीलाइ लगाईएको छ ।