बिष्णुप्रसाद पोखरेल

दमक/दमकका ब्यवसायी खेमराज पौड्यालको अपहरणपछि हत्यामा प्रयाग भएको हतियार अर्थात चक्कु घटनाको ३ दिनपछि प्रहरीले फेला परेको छ । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौड्यालका अनुसार हत्या भएका पौड्यालको शव भेटिएको नालीमा नै चक्कु फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चक्कुको माथिल्लो भाग बाँगिएको अवस्थामा भेटिएको उनले बताए । ढाँडमा हान्दा हड्डीमा परेर बाँगिएको हुनसक्ने प्रहरी श्रोतले बताए । पौड्यालको शरिर भरी चक्कुले हानेका घाँउहरु रहेका थिए ।

बिगत दुइदिनदेखि आफुहरुले हतियार खोजिरहेकोमा बिहिबार अपरान्ह ४ बजेतिर चक्कु भेला परेको जनाईएको छ । यो घटना अनुसन्धानका लागि एउटा गतिलो प्रमाण भएको प्रहरी बताउछ ।

नालाको पानी सुकाएर प्रहरीले घटनास्थल आसपासमा चक्कु खोजेको थियो । प्रहरी निरिक्षक पौडेलका अनुसार घटनाको बिषयमा गम्भिर अनुसन्धान भइरहेको छ ।

हत्याको अभियोगमा पक्राउ परेका सद्धाम हुसेनले आफुले त्यो चक्कु पहिला नै राखेको बयान दिएको प्रहरी श्रोतले बतायो । उनले हत्यापछि चक्क कता फ्याकेको थाहा नभएको पनि बयान दिएका थिए ।

बयान शंकाश्पद

हुसेनले हत्यामा प्रयोग भएको हतियार जुनसुकै समय काम लाग्ने भनेर त्यहि कतै पहिला नै राखेको बताएको जनाइन्छ । लागुऔषध सेवनका लागि भारत आउदाजादा त्यहाँ राखिएको भनिएको छ । बयानमा हुसेनले नियोचित रुपमा हत्या गर्न हतियार सहित गएको नबताएको श्रोत जनाउछ ।

अभियुक्त हुसेनले त्यो दिन आफुले लागुऔषध खाएको र लठ्ठिएकाले आफुले गरेको गतिबिधिबारे धेरै थाहा नभएको पनि बताएको अनुसन्धानमा संलग्न प्रहरी श्रोतले बताएको छ । लठ्ठिएको मानिस एक्लैले हत्याको योजना सहित हत्या कसरी गर्यो ? यो अहिले सबैतिर चर्चाको बिषय छ ।