कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१, बल्चौरमा से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परी मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१, बस्ने १२ .वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ भने घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ज्ञानु जोशी, विक्रम बोहरा, अमन तामाङ्ग, किरण बोहरा, शिव खड्का र रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो । जनता समाचार बाट