बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकको गणतन्त्र चोकमा युथ नेटवर्कले कञ्चनपुरमा मारिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कार्वाही गर्नका लागि सिम्बोलिक रुपमा प्रदर्शन गरेको छ । शनिबार भएको यस्तो प्रदर्शनले धेरैलाइ भावुक बनाएको छ ।
सजिना दाहाल निर्मलाको भुमिकामा सडकमा बलात्कृत भएर हत्या भएको अवस्थामा लडेकी थिइन् । जुन दृश्य निक्कै नै बिभत्स खालको थियो । कञ्चनपुर घटनाको अनुभुत गराउने दृश्य थियो ।
न्यायमुर्तिको रुपमा बीचमा रोनिशा उप्रेती उभिएकी थिइन् । आँखामा कालोपट्टी बाधेर उभिएकी उनले अहिले न्यायको अवस्थालाइ इकित गरेको थियो ।
अर्को छेउमा संबिधानको सांकेतिक रुपमा ममता उप्रेती घुडा टेकेकी थिइन । कालो कपडामा संबिधान लेखिएको थियो । यसले हाम्रो संबिधानतर्फ इकित गरेको थियो । यसको सबै मेकअप अभिसेक दासले गरेका थिए।
त्यहाँ उपस्थितहरुको एउटै चासो र गुनासो थियो । यो अवस्था कहिलेसम्म ? निर्मलाको परिवारले न्याय कहिले पाउला ?
युथ नेटवर्कका अध्यक्ष सन्तोष दुलालले सिम्बोलिक बिरोध भएको बताए । उनले यसरी न्याय माग्दै सडकमा आउनु आफुहरुको रहर नभएको उनको भनाइ थियो ।










