बिराटनगर,३१ भदौ । ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसीलाई थुना मुक्त गर्न उच्च अदालतले अन्तिम आदेश गरेको छ । आदेश उल्टाउन माग गर्दै निवेदन दिएका मध्ये उनी थुना मुक्त हुन लागेको हो ।
उच्च अदालत बिराटनगरका न्यायाधीश उमेशराज पौड्याल र उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदातल मोरङ्गको आदेशलाई बदर गर्दै डिएसपी केसीलाई आइतबार साधारण तारेखमा थुना मुक्त्त गर्न आदेश गरेको हो । जिल्ला अदालत मोरङगले ८ जेठमा उनलाई सुन तस्करी र शनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखेको थियो ।
गत भदौ २९ मा उच्च अदालत बिराटनगरका नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त्त इजलासले जिल्ला अदालत मोरङ्गको आदेश उल्टाउँदै अभियुक्त एसएसपी दिवेश लोहनीलाई तारेखमा थुना मुक्त गर्न आदेश दिएको थियो ।
एसएसपी लोहनी र डिएसपी केसी दुवै काठमाडौंस्थित महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए ।रासस










