दमक/झापाको कचनकवल गाँउपालिकाको गाँउसभा र केन्द्र सारेर भवन बनाउनका लागि लिइएको जग्गाको बिषयले गर्दा अहिले गाँउपालिकाका जनप्रतिनिधिहरुबीच नै लफडा बढ्दै गएको छ ।

प्रमुख राजनीतिक दल नेकपा र नेपाली काँग्रेस समेत गाँउपालिका अध्यक्ष अन्जार आलमले मनपरी गरेको भन्दै आन्दोलनमा उत्रेकाछन् । यसले केहिदिनयता नेपालको होचो भागले चिनिएको केचनाकवल बिबादले चिनिन थालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाँउपालिका अध्यक्ष आलमले आफु बिधिसम्मत चलेको बताउदै असन्तुष्ट पक्षको माग नसुनि पेलेर अघि बढेपछि यहाँका असन्तुष्ट जनप्रतिनिधि र राजनीतिक दल जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयसम्म पुगेकाछन् ।

प्रदेश सरकार र स्थानीय सरकारमा समेत आफुहरु ध्यानकर्षण गराउने तयारीमा रहेको वडा नं. ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताए ।