दमक/अपहरण पछि हत्या गरिएका झापाको दमकका कपडा ब्यवसायी खेमराज पौड्यालको परिवारलाइ राहत उपलब्ध गराउन दमक उद्योग बाणिज्य संघले पहल शुरु गरेको छ । नेपाल सरकारसंग राहतका लागि पहल शुरु गरिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए ।

जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसंग यस बिषयमा छलफल भएको र वडा कार्यालयको सिफारीस बनाएर आवश्यक प्रक्रिया शुरु गरिएको खतिवडाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौरीगन्ज गाँउपालिकामा लगेर अपहरणपछि हत्या गरिएको अवस्थामा कमल गाँउपालिका वडा नं. ६ का पौड्यालको शव फेला परेको थियो । हत्याको अभियोगमा सद्धाम हुसेन नाम गरेका एक ब्याक्ति समेत पक्राउ परेकाछन् ।