दमक/झापाको दमक नगरपालिकाले नगरपालिकाको स्थानीय बजार ब्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय बजार अनुगमन समिति गठन गरेको छ ।
दमक वडा नं. ७ का वडाध्यक्ष भीमप्रसाद पौड्यालको संयोजकत्वमा समिति गठन भएको हो । यसले अब नियमित बजार अनुगमन तथा ऐनले तोके अनुसार कार्वाही सिफारीस गर्ने जनाईएको छ ।
११ सदस्यीय बजार अनुगमन समितिमा कार्यपालिका सदस्य बिक्रमकुमार शाह, मिना प्याकुरेल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकारको तर्फबाट बिष्णुप्रसाद पोखरेल, इलाका प्रहरी कार्यालय दमकको प्रतिनिधि, इलाका प्रशासन कार्यालय दमकको प्रतिनिधि,नाप तौल गुणस्तर बिभाग, लोकबहादुर धिमाल, उपभोक्ता हित संरक्षण समितिको बिषय बिज्ञ, नगरपालिकाले तोकेको एक ब्याक्ति रहनेछन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार बजार अनुगमन समिति बनाइएकाले अब यसले बजार अनुगमनको काम शुरु गर्नेछ । भदौ २५ गते दमक नगर कार्यापालिका बैठकले समिति बनाउने निर्णय गरेको हो ।










