काठमाण्डु, २ असोज– बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ ।

गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो । नेपालले शुरुमा सैन्य अभ्यासमा सहभागि हुने जानकारी दिएपनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागि नहुने घोषणा गरेपछि भारत नेपालसँग पुनः एकपटक झस्किएको थियो । नेपालसँगै थाइल्यान्डले पनि सैन्य अभ्यासमा सहभागिता नजनाएपछि भारतीय संस्थापन पक्ष थप रुष्ट बनेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वजर्नेल डा. उमेशकुमार भट्टराईले नेपालको भूराजनीति परिर्वतन हुँदै गएको कुरालाई भारतीय सेनाध्यक्षले बुझ्नु भएन उहाँको अभिव्यक्तिले नेपाली शासकलाई दक्षिणतिरको परनिर्भरता विस्तारै परिर्वतन गर्र्नेतर्फ अभिप्रेरित हुने खालको भएको बताए । उनले भने, ‘नेपालले चीनसँग व्यापार तथा पारवहन सम्झौता भएपछि चीनले नेपाललाई बन्दरगाह प्रयोग गर्न दिने सम्मका कुरा आएपछि भारतीय सेनाध्यक्षले नेपाललाई लक्षित गरी दिइएको अभिव्यक्तिको कुनै तुक छैन । नेपाल समाचारपत्रबाट