दमक/मोरगको उर्लाबारी नगरपालिकाले बिभिन्न खोलाहरु नदीजन्य सामाग्रिको उत्खननका लागि लगाएको ठेक्कामा गुण्डागर्दी भएको आरोप बिभिन्न ब्यवसायीहरुले लगाएकाछन् ।
जि सेवन कन्ट्रक्सन इन्जिनियररीङ कम्पनी प्रालीका प्रोपाइटर जगतबहादुर राइ, जे एण्ड जे निर्माण सेवाका प्रोपाइटर राजकुमार थापा, बेदकृष्ण सप्लायर्षका प्रोपाइटर बिनोद थापा लगायतले दमकमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकाहुन् ।
आफुहरुले नियमतसंगत समयमा जाँदा गुण्डागर्दीको माध्यमबाट आफुहरुको निवेदन दर्ता हुन नदिईएको जे एण्ड जे निर्माण सेवाका प्रोपाइटर राजकुमार थापाले बताए । उनले आफुहरुको संयमताले मात्र ठुलो दुर्घटना हुनबाट बचेको जनाए ।
यसैगरी जि सेवनका प्रोपाइटर जगतबहादुर राइले आफुमाथि दूब्र्यवहार भएको र आफ्नो निवेदन तथा कागजपत्र गुण्डागर्दी शैलीमा च्यात्ने काम भएको आरोप लगाए ।
कुण्डले मुण्डलेको जत्थाले आफुहरुलाइ नियम संगत निवेदन गर्न जाँदा समेत रोक्ने काम भएकाले आफुहरुले यो टेण्डर रद्ध गर्न माग गरेको उनिहरुको भनाइ रहेको छ । आफुहरु कानूनी लडाइ लड्ने उनिहरुले जनाए ।
अधिकाँश खोलानालाका ठेक्कापट्टाहरुमा यस प्रकारको घटना हुने गरेको बताइन्छ । जसले बढि शक्ति प्रयोग गर्यो उसले ठेक्का पाउने प्रवतृ बढेको जनाइन्छ ।
घटना कसरी भयो ?र के भन्छन् निर्माण ब्यवसायी हेर्नुहोस भिडियो










