दमक/झापाको दमक अस्पताल (सरकारी)मा चरम बेथिति रेहेको भन्दै सेवाग्राहीहरुले असन्तुष्टि पोख्न थालेकाछन् । जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालमा आवश्कता अनुसार दमक नगरपालिकाले स्वास्थ्यकर्मीहरु समेत नियुक्ति गर्दै आएको छ ।

२४ सै घण्टा सेवा उपलब्ध हुने बताईएको दमक अस्पतालमा स्वास्थ्य बिमा गराएका बिरामीहरु उपचारका लागि जाँदा ३ दिनपछि मात्र पालो आउने गरेको जनाईएको छ । स्वास्थ्यकर्मीहरु झर्कदै बिरामीको अवस्था नै नबुझि सिधै २ देखि ३ दिनपछि आउनु भन्दै फर्काउने गरेको एक बिरामीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमककै एक बिरामी माछाको काँडा अडकेर उपचारमा जाँदा नजिकको एक अस्पतालको नाम नै किटेर त्यहाँ उपचार गर्न जानु भनेको बिषयले यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुको नियतमा समेत शंक ागर्न थालिएको छ । अस्पतालमा बिशेषज्ञ तथा स्वास्थ्यकर्मीहरुको मनपरी रहेका कारण बिरामीहरु पीडित बनेको आरोप लाग्दै आएको छ ।

बिरामीलाइ हेर्दा पनि नहेहरी र एक्स रे मेशिन लगायतका उपकरण हुँदाहुँदै नजिक रहेको नीजि अस्पतालमा जानु भनेको बिषय सामाजिक सञ्जालमा बहसको बिषय नै बनेको छ ।