दमक/झापामा यातायात बन्द गराउन सडकमा निस्किएका मजदुरहरु पक्राउ पर्न थालेकाछन् । बिहिबार बिहान पुर्वपश्चिम राजमार्गको बिर्तामोड सडक खण्डमा बन्द गराउन निस्किएका केहि मजदुरहरु पक्राउ परेको बताइन्छ ।

दूइदिनदेखि स्वतस्फुर्त रुपमा बन्दमा निस्किएको भएता पनि सरोरकारवाला निकायको ध्यान नगएको भन्दै आक्रमक बन्न थालेपछि प्रहरीले बन्द गराउन सडकमा आएकालाइ पक्राउ गरेको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२ दिन सवारी बन्द भएपछि आजबाट आँशिक रुपमा चल्न थालेका थिए । बिर्तामोडमा मजदुरहरु सडकमा आएर सवारी साधन रोकेपछि यसले तनाव सिर्जना हुने अवस्था आएको जनाईएको छ ।